टप फिचर

बझाङका सुपरिवेक्षकलाई २ दिने पुनर्ताजगी तालिमको आज समापन हुने

By Thah Online

September 13, 2021

बझाङ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङका सुपरिवेक्षकलाई दिइएको २ दिने तालिम समापन हुँदै छ ।

पछिल्लो समय कोभिड १९ ले देश व्यापीरुपमा असर पारेको भन्दै जनगणना सम्बन्धी केही समय अगाडि तालिम लिएका तर लामो समय बितिसकेको भन्दै जनगणना कार्यालय बझाङले पुनर्ताजगी  तालिम सञ्चालन गरेको तालिमको आज समापन हुने भएको हो ।

जिल्लामा रहेका १२ वटा स्थानीय तहका ७४ जना सुपरिवेक्षकलाई ०७८/५/२७ गते देखि सञ्चालन गरेको तालिमको आज बेलुकी ५ बजे समापन हुने जिल्ला जनगणना प्रमुख दिपेन्द्रसिँह धामीले बताउनु भयो । उहाँले भन्नू भयो, काेरनाले गर्दा जिल्लाको फरक फरक ठाउँमा तालिम सञ्चालन गरेका छौ ,जसमा बुङ्गल नगरपालिका र वित्थडचिरकाे त्रिवेणी बहुमुखी क्याम्पस विजगडा,केदारस्यू थलारा दुर्गाथली गाउँपालिकाको भैरव मावि झाेता ,जयपृथ्वी नगरपालिका छविस खप्तड सुर्मा मष्टा गाउँपालिकाको सत्यवादी मा वि भाेपुर तलकाेट गाउँपालिका र साईपाल गाउँपालिकाको तलकाेट गाउँपालिकाको भवनमा सञ्चालन गरिएको हो ।

जिल्लाका १२ वटै स्थानीय तहमा खटाइने सुपरिवेक्षकलाई  अब केही समय पछि फिल्डमा खटाइने भएको छ । आज भाेपुरमा प्रदेश स्तरीय मुख्य प्रशिक्षक कुम्भराज जोशीले अत्याधुनिक प्रविधि बाट प्राेर्जेक्टरद्वार सिकाउनु भएको हो ।