अध्यक्ष चौधरीले दिए कर्मचारीलाई कडा निर्देशन



कपिलवस्तु ।  जिल्ला कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद चौधरीले मायादेवी गाउँपालिका भित्र रहेको सम्पूर्ण कर्मचारीलाई बोलाई सेवाग्राही एवं सम्पूर्ण सम्मानित जनतालाई कुनै पनि प्रकारको असहज र असभ्य भाषा प्रयोग नगर्न एवं सरल सलिन र अनुशासनमा बस्न आग्रहको साथै निर्देशन दिएको हुन् । 

मायादेवी गाउँपालिका भित्र रहेको सम्पूर्ण जनता हाम्रो परिवार हुन् । हाम्रो तागत हुन् , हामीलाई तलब दिने शक्ति हुन तसर्थ कुनै पनि प्रकारको कर्मचारीबाट उत्पन्न हुने समस्या जनताको मुखबाट सुन्न नपरोस् जनताको हरेक कार्य सहज तरिकाले गर्न निर्देशन दिएको छन् । 

आज मायादेवी गाउँपालिका अध्यक्ष चौधरीले आफ्नो मातहतका निकायको प्रमुखहरूलाई बोलाई निर्देशन दिएको हुन, अब देखी समयमा कर्मचारीहरू नआए कडा रूपमा प्रस्तुत हुने छु समेत भनेका छन् । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्