अपराध

सामाजिक संजालमा प्रेमिकाको अश्लिल फोटो र भिडियो पोष्ट गरेको अभियोगमा प’क्राउ

By Thah Online

September 13, 2021

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लील फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा युवकलाई प्रहरीले गरेको छ । प’क्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–८ ठेगाना भएका काठमाडौं टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल छन् ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लील फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात् मोबाइल समेत खोसी उक्त अश्लील फोटो, भिडियो पोस्ट गरी चरित्र हत्या गरेका जिरेल काभ्रे पाँचखालमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको हो। यससम्बन्धीमा उजुरी परेपछि प्रहरीले जिरेललाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो ।

जिरेललाई विद्युतीय कारोबार ऐन कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको महाशाखाले जनाएको छ।