देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ तर विजयनगरका जनतासँग चुक भयो : खडका



कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले वडा कमिटी विस्तार गरेको छ ।

विजयनगर गाउँपालिका अध्यक्ष तेज प्रसाद पौडेलको‌ अध्यक्षतामा वडा कमिटी विस्तार कार्यक्रम झुलनिया चौकमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा शिवराज नपा ९ का वडाध्यक्ष  अध्यक्ष चुरा बहादुर खड्का (जीवन) विशिष्ट अतिथि माओवादी केन्द्रका जिल्ला सदस्य अर्जुन प्रसाद सापकोटा , जिल्ला सदस्य तथा कृष्णनगर नगर अध्यक्ष जावेद आलम खां अतिथीमा नारायण कलवार , नन्द किशोर कुर्मी , रहिस प्रधान लगायत रहेका थिए।

विशिष्ट अतिथि नगर अध्यक्ष जावेद आलम खांले उपस्थित सबैको स्वागत गर्दै आआफ्नो पदमा वसी पार्टीको हकहितमा काम गर्न तथा आउने निर्वाचनमा पूर्ण बहुमत हासिल गर्नाको आजै देखि लाग्ने आग्रह गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि चुरबहादुर खडका अनुसार विगतमा उनलाई  खाना खुवाएर पालेका तथा उनको ज्यानको रक्षा समेत गरेका र आजको कार्यक्रमलाई सफल बनाउनको लागि  उपस्थित सबै कमरेडहरूलाई हृदय देखि धन्यवाद व्यक्त गरेका थिए । 

आजको वडा कमिटी विस्तार कार्यक्रमबाट नवनियुक्त १५ सदस्यीय कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जनयुद्धमा शहादत प्राप्त भएका सहिदहरूलाई सम्झँदै खडकाले २०५१ साल देखि २०६०-०६१ सम्मा चलेको युद्ध नेपालको राज्यसत्ताको छिना झपटीको लड़ाई थियो।  एक तिर नेपाली नागरिकले नेपाल सरकारलाई हामीले चलाउन पाउ भन्ने अर्को तिर राजतंत्रका हिमाइतेहरु राजतंत्रलाई मान्दै जाने बिच  छिना झपटी चली रहेको बेला देखि नै माओवादी केन्द्रले नेपालमा चल्दै आएको राजतंन्त्र तथा जातीय विभेदलाई खतम गर्नाको लागि ठुलो सङ्घर्ष गरेको छ। देशमा माओवादी केन्द्रले ठुलो परिवर्तन ल्याएको छ भने बिच बिचमा केही असामाजिक तत्त्वहरूको कारणले पार्टीले धोका पनि खाएको खडकाले बताए । तर पनि माओवादी केन्द्रले देशको हकहितको लागि काम गर्नाको लागि उचित निर्णयसरि सुखी शान्ति समृद्धि नेपाल बाउने प्रयासमा लागेको छ।

तर तपाईँहरूले आफ्नो वर्गका व्यक्ति आफू मिल्ने सहयोगी हकहितको लागि लड्ने व्यक्तिहरूलाई चुनावमा विजयी बनाएर पठाउन नसकेको कारणले यहाँका दलित आदिवासी जनजाति पिछडा  गरिब वर्गका व्यक्तिहरूको समस्याको समाधान भएको छैन । एनजीओ चलाएर खाने व्यक्ति विजयी भएर गएपछि यहाँका जनतालाई पनि चलाएर खाइदियो तपाईँहरूको दुख पिडा र समस्यालाई सम्बन्धित निकायमा नपुगेपछि तपाईँहरूलाई समस्याको समाधान भएन। तपाईँहरूको बिचमा रही तपाईँहरूको हितको लागि आवाज उठाउनको लागि हामीले तपाइहरूको बिचको व्यक्तिहरूलाई टिकट दिएर उम्मेदवार बनाएका थिए । तर तपाईँहरूलाई गर्नु पर्ने कार्यमा ठुलो चुक गर्नु भएको खडकाले बताएका छन् ।

वडा कमिटी बिस्तार गर्नेक्रममा विजयनगर वडा नं.७ को अध्यक्षमा जलील मुसलमान उपाध्यक्षमा अब्दुल करीम शाह सचिवमा विनोद कुमार कोरी रहने गरी १५ सदस्यीय कमिटी गठन गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूलाई प्रमुख अतिथिले अबिर लगाइ  स्वागत समेत गरी कार्यक्रमको अध्यक्षले कार्यक्रम समापनको घोषणा गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्