टप फिचर

बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया बालिका आज एक दिनको लागि गाउँपालिका अध्यक्ष बन्दै

By Thah Online

September 14, 2021

मोरङको बूढीगंगा गाउँपालिकामा आज एक दिनका लागी १६ वर्षीय सुस्मिता ऋषिदेव गाउँपालिका अध्यक्ष बनेकी छिन् । उनलाई आज ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका प्रमुख बनाउन लागिएको हो ।

गाउँ कार्यपालिकाले सोमबार बैठक बसी बाल दिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक साङ्केतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेका थिए ।

राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का अनुसार स्थानीय सरकार र सरकारले गर्ने काम कारबाहीबारे बालबालिकालाई जानकारी गराउन उनलाई एक दिने गाउँपालिका प्रमुख बनाउन लागिएको हो । सुस्मिताले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम गर्ने जनाइएको छ ।