गैंडाकोटमा बस र ट्रक ठोक्किँदा तीन जना मृत्यु , २४ घाइते



कावासोती ।  गैँडाकोटमा आज बिहान बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ,  भने २४ घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एक आपसमा आज बिहान ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उहाँका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

उहाँका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर, ७ जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी बस सडकदेखि १० फिट तल खसेको थियो । दुर्घटना आज बिहान ४ बजेतिर भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्