टप फिचर

बालबालिकाका समस्या र समाधानका उपाय

By Thah Online

September 14, 2021

यो अनन्त संसारको विशाल जनसमुदायमा मानवीय जीवन वृद्धि विकासका विभिन्न चरणहरूको अर्थ पूर्ण विविधता संग परिचित हुने व्यक्ति थुप्रै होलान् । तर ती चरणहरू पार गर्दाका बेला भोग्नु परेका विभेद पूर्ण व्यवहारले जन्मदिनको पीडा र सङघर्स सङ साइनो गाँस्ने व्यक्ति सायद बिरलै भेटियलान।जसमध्ये बाल्यावस्थामा हुने हिंसा,दुर्व्यवहारको विरुद्धमा पहिलो पटक एगलाइनटाइन जेबले बालअधिकार न्याय सम्बन्धी पहिलो आवाज उठाइन र जसको फलस्वरूप सन १९८९ मा अन्तर्राष्ट्रिय बाल अधिकार महासम्धी सम्पन्न भयो। तर पनि पछिल्लो समयमा अन्तर्राष्ट्रिय र राष्ट्रिय जगतमा हिंसा,शोषण,गरिबी र दुर्व्यवहार न्यूनीकरण गर्नको लागि दर्जनौँ  ऐन,नियमावली,सन्धि,उपसन्धि र संविधान अनुमोदन भय  दर्जनौँ बाल अधिकार संरक्षणका कानुन फेरिए सयौँ मात्रामा बाल अधिकार संरक्षण गर्ने मूलभूत उद्देश्य लिएका सङ्घ संस्था दर्ता भएता पनि हाम्रो समाजमा विभिन्न धार्मिक,सामाजिक,आर्थिक,सांस्कृतिक,लैङ्गिक यबम शारीरिक तवरले बालबालिकाहरू हिंसा,शोषण र दुर्व्यवहारको सिकार बनिरहेकै छन् ।

आमाबुबाको काखमा हास खुसी रहने र कापी किताब लिएर विद्यालय जाने बाल्यावस्था उमेरका बालबालिकाहरूले टुहुरो,गरिब र अपाङ्ग भई सडकमा प्रवेश गर्न बाध्य छन्।पारिवारिक आर्थिक अवस्था कमजोर भयका आफ्ना अभिभावक गुमाइ टुहुरा बनेका जन्मसिद्ध अपाङ्ग भई पदार्पण भयका र विभिन्न दुर्घटनाबाट आफ्नो शारीरिक सन्तुलन गुमाउन पुगेका बालबालिकाहरू आज हिउदोको जाडो बर्खाको पानी नभनी सहर बजारका गल्ली गल्ली र चोकहरूमा अँध्यारो आकाशमुनि ढुङ्गा,माटो र  बालुवा सङ आफ्नो बालजिवन बेथित गर्न विवश छन्।कतिपय बालबालिका विभिन्न उद्योग धन्दा, कलकारखाना,होटेल,रेस्टुरेन्ट र गाडिएका ढोकामा बसेर बाल श्रम गरिरहेका छन्।उनीहरूलाई शिक्षा के हो ? स्वास्थ्य केही? थाहा छैन । भर्खर उमृटुसाइ रहेका मुना रुपी बालिकाहरू आफ्नै घरपरिवार वा नातेदारबाट बलात्कृत भयी गाउँ समाजमा आफ्नो अधिकार,प्रतिष्ठा र सम्मानलाई हेपाह प्रवृत्तिले ग्रहण गरी मुटुमा ढुङ्गा राखेझैँ बाच्न बाध्य  छिन।अपाङ्ग भयका व्यक्तिहरूलाई घरपरिवार देखि लिएर राष्ट्रले समेत बेवास्ता गरेको पाइन्छ।

नेपालको सन्दर्भमा गरिरहेका तमाम अध्ययन,अनुसन्धान र जनगणनाले बालबालिका सडकमा आश्रित जीवन बिताउनुको मूल कारण पारिवारिक हिंसा,अपाङ्गता,अभिभावक विहीन,आर्थिक विपन्नता,साथीसनगत,अशिक्षा, सामाजिक अवहेलना र राजनीतिक अस्थिरता नै प्रमुख कारणमा उल्लेख गरेका छन्।सिबिनको सन २०१६ को यक प्रतिवेदन अनुसार ४१% बालबालिका पारिवारिक हिंसाका कारण र २७% बालबालिका सङ्गतका कारण घर परिवार छोडेर सडकमा आश्रित छन्।

बालबालिका भनेको भविष्यको कर्णधार हो भन्छौ तर पनि हामी यो बुझ्दैनौ कि बालबालिका वर्तमानको हिस्सेदार यवम अंशदार पनि हो भनेर। हुन त विभिन्न सरकारी यबम राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी सस्ताहरू(एनजिओ र आइएनजिओ)ले देशमा अपाङ्ग,अभिभावक विहीन र शोषणमा परेका बालबालिकाहरूलाई उद्धार गर्ने पालन पोषण गर्ने नाम   विभिन्न योजना र प्रयोजनाहरु लागू गरिरहेका छन् तर पनि वास्तविक पीडित,अशक्त र गरिब परिवारका बालबालिकाहरूको उचित पहिचान गर्न नसकेर उनीहरूको अवस्था परिवर्तन गर्न सफल भयका छैनन्। झन् उनीहरूको नाममा ल्याइएको बजेट ८०% माथि सक्काएर २०% भन्दा नि न्यून कार्यान्वयन गरेका छन्।

हिंसा,शोषण र दुर्व्यवहार खेपिरहेका अपाङ्ग अभिभावक विहीन र गरिबिको रेखामुनि रहेका बालबालिकाहरूको कल्याण,स्वतन्त्रता र सुनौलो भविष्य निर्माण गर्नको लागि केही उपायहरू यहाँ प्रस्तुत छन्।

१-पीडित शोषित र अपाङ्ग बालबालिकाको तथ्याङ्क सङ्कलन गरी ती बालबालिकाहरूको गाँस,बाँस, कपास, शिक्षा स्वास्थ्य,मनोरञ्जन र रोजगारीको जिम्मेवारी पूर्ण रूपमा सरकारले लिनु पर्दछ।

२-बाल कल्याणकारी सङ्घ सस्थाहरुले दुर्गम गाउँ ठाउँ पुगेर पिछडिएका बालबालिकाको पहिचान गरी आफ्नो योजना वा प्रयोजनालाइ निष्पक्ष तवरले कार्यान्वयन गर्नु पर्छ।

३-बालबालिकामाथि हुने हिंसा र अवहेलना न्यूनीकरण गर्नको लागि गाउँ समाजमा जनचेतना मूलक कार्यक्रम गर्नु पर्छ।

यस्ता गतिविधिहरूले केही हदसम्म बालबालिकामा परेका समस्या समाधान गर्न र पिडामा परेकाहरूको सुनौलो भविष्य निर्माण गर्न सकिन्छ ।बालबालिकाहरूलाई विद्यालय तहमा बाल अधिकार कानुनी विषयमा अध्यापन गराउनुपर्छ । जसमा अतिरिक्त कार्यक्रमहरूमा अर्थपूर्ण सहभागी गराइ सुखी जीवन जिउन र सुनौलो भविष्य आफ्नो पोल्टामा पार्न सक्ने शिक्षाको विकास गर्नुपर्दछ । बालबालिकाको शिक्षाको महत्त्व प्रति असहज अभिभावकहरूलाई यसको महत्त्व बुझाउनु पर्दछ । बालबालिका प्रति बेवास्ता गर्ने गलत दुर्व्यवहार गर्ने (विशेष गरी सौतेनी आमा बुबाहरू)लाई निरुत्साहित गरी उनीहरूलाई बालबालिकाको उचित हेरचाह र अभिभावकले पूरा गर्नुपर्ने दायित्व र भूमिका निर्वाह बोध गराउनु पर्दछ । अपाङ्ग बालबालिकालाई लक्षीत  गरेर विभिन्न सञ्चार माध्यमहरू द्वारा अभिमुखी र व्यवहारिक कार्यक्रमहरू सुचारु गर्‍यौ भने सामाजिक परिबेसको बारेमा बोध गराउन सहज हुन्छ र बालबालिकाको व्यक्तित्व विकासमा टेवा पुग्दछ ।

समग्रमा अन्तर्राष्ट्रिय सन्धि,राष्ट्रिय संविधान र ऎनहरुलाई पूर्ण रूपमा कार्यान्वयन गरी शिक्षामा रहेको असहजता हटाइ सम्पूर्ण बालबालिकाहरूलाई समान शिक्षाको पहुँचमा ल्याउनु पर्दछ । दिगो विकास र सह्रशाब्दी लक्ष्यलाई पूरा गरी आर्थिक विपन्नता र गरिबी निर्मलीकरण गर्नुपर्छ। यी उपायहरू कार्यान्वयन गर्ने हो भने शोषण र अपाङ्ग भएर  पनि मदन पुरस्कार विजेता झमक घिमिरे जस्ता हजारौँ प्रतिभावान् व्यक्ति जन्मिन सक्छन् । जसरी घर बलियो बनाउन जग बलियो बनाइन्छ त्यसरी नै मानवको सुनौलो जीवन बनाउन बाल्यावस्था सब्बल र स्वतन्त्र बनाउनु पर्छ । जबसम्म श्रिष्टी प्रक्रियाका समान सहयात्री बालबालिकाहरूलाई समान अवस्थामा राखिँदैन तबसम्म युगले पाएको उपलब्धि स्थिर नहुने कुरा मान्नु सकिन्छ।