नारावाजी र अवरोधका बीच संसदमा विनियोजन विधेयक पेश



काठमाडौं । सं‌सदमा एमालेका सांसदहरुको अवरोधका बीच बिनीयोजन विधेयक २०७८ बहुमतले पारित भएको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीका बिच संसदमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक गर्नुभएको छ । विनियोजन विधेयकसँगै संसदमा बजेट छलफल पनि अघि बढेको छ । 

मङ्गलवार बसेको प्रतिनिधि सभाको चौथो बैठक सुरु हुनासाथ एमाले सांसदहरूको बेल घेराउकै बिच मर्यादापालकहरुको सुरक्षा घेराबाट रोष्टममा पुग्नुभएका अर्थमन्त्री शर्माले विनियोजन विधेयक पेश गर्नुभएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेवित्तिकै एमाले सांसदहरूले नाराबाजी सुरु गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्