सुनचाँदीको मूल्य स्थिर



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । यसै गरी, आज चाँदीको प्रतितोला मूल्य १ हजार २०० रुपैयाँ छ । हिजो मङ्गलवार चाँदीको कारोबार पनि यही मूल्यमा भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्