आगामी असोज ४ गते सम्मका लागि संसद बैठक स्थगित



काठमाडौँ ।  विनियोजन विधेयक पारित गर्दै प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गते बिहान ११ बजे बस्नेगरि स्थगित भएको छ । मङ्गलवारको बैठकमा पनि यस अघिजस्तै एमाले सांसदहरूले नाराबाजी कायमै थियो । 

तर, सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरूको नाराबाजीको बावजुदपनि बैठक अघि बढाएका थिए । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ बहुमतले पारित भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्