इजरायली भाषा परीक्षाको नतिजा प्रकाशित , २ हजार ३९ उत्तीर्ण (सूचीसहित)



वैदेशिक रोजगार विभागले इजरायल जान इच्छुकहरूको लागि लिइएको अङ्ग्रेजी भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ। विभागले  हिजो (सोमबार) दिउँसो लिइएको अङ्ग्रेजी भाषाको लिखित परीक्षाको नतिजा  आज प्रकाशन गरेको हो ।

इजरायली भाषा परीक्षाका लागि ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । तीमध्ये ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका छन्।

उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन्। भाषा परीक्षामा उत्तीर्णलाई अब उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइनेछ।

विभागले १ असोजबाट व्यावसायिक सीप विकास प्रतिष्ठान भैँसेपाटी ललितपुरमा अङ्ग्रेजी भाषा पास गर्नेहरूको उचाइ र तौल परीक्षण तथा अन्तर्वार्ता हुने जनाएको छ । इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १.५ मिटर हुनुपर्नेछ।
अन्तर्वार्तामा सहभागी हुँदा आवेदन दिँदा पेश गरेका कागजातको सक्कल र प्रवेश पत्र लिएर एक घण्टाअगाडि नै उपस्थित हुनुपर्ने छनौट समितिले जनाएको छ।

इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ। इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो। उनीहरूले इन्स्योरेन्स, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैँ व्यहोर्नुपर्नेछ।

नेपालीले पनि त्यहाँका नागरिकसरह नै सुविधा पाउनेछन् । इजरायलको वर्तमान तलब व्यवस्थाअनुसार एक लाख ८६ हजार रुपैयाँ (स्थानीय ५३ सय अथवा १६ सय अमेरिकन डलर) मासिक कमाइ हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्