राप्ती अञ्चल ट्रक समितिको अध्यक्षमा शाह



सैघाली खबर
दाङ,८ फागुन

राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यबसायी समितिको नयाँ कार्यसमिति चयन भएको छ । सोमबार कल्याणकारी सचिब र सदस्यहरुका लागि निर्बाचन भएको हो भने अन्य पदमा निर्बिरोध भएका थिए । जस अनुसार अध्यक्षमा यादव शाह, बरिष्ठ उपाध्यक्षमा प्रमेनाथ योगी, उपाध्यक्षमा बदरुदिन राई, रत्नप्रसाद श्रेष्ठ, प्रकाश डाँगी निर्बिरोध चयन भएका छन् । त्यस्तै प्रशासनीक सचिबमा उमेश चन्द्र मज्गैया, कोषाध्यक्षमा सुभाष श्रेष्ठ, सह–प्रशासनीक सचिबमा निलहर रजौरे, सह–कल्यानकारी सचिबमा भरत प्रसाद शर्मा, सह–कोषाध्यक्षमा ऋषिराम खनाल निर्बिरोध भएका छन् ।

त्यस्तै कल्याणकारी सचिबमा दुई ८६ मत ल्याएर खेमजंग बस्नेत निर्बाचित भएका छन् । त्यस्तै सदस्यहरुमा मनोज बस्नेत, सागर केसी रेग्मी, हिमन्त प्रशाद पाण्डे, गौरव आचार्य, प्रकाश वली, रमेश बहादुर कार्की, बिरेन्द्र खड्का, गोविन्द गोराथोकी, ईश्वरी पाण्डे, रेश्मीराज खड्का, छविप्रसाद बस्नेत, सरद बुढाथोकी, हेमन्त कुमार रेग्मी निर्बाचित भएका छन् । समितिको बाह्रो अधिबेशनले नयाँ कार्य समिति चयन गरेको हो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्