थप १५६२ जनामा कोरोना सङ्क्रमण पुष्टि, १९ सङ्क्रमितको मृत्यु



काठमाडौँ ।  पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ५६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार २६६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५८९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १९ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९८४ पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्