समाचार

बाल दिवसको अवसरमा कपिलवस्तुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

By Thaha - Online

September 15, 2021

कपिलवस्तु : नेपाल सरकारले भद्रा २९ गते लाई राष्ट्रिय बाल दिवस घोषणा गरी बाल अधिकार प्रवर्द्धनका लागि देशव्यापी रूपमा मनाउने गर्दै आएको ब्यहोरा सबैलाई अवगत नै छ । सय वर्ष समेत ” सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार को संरक्षण हामी सबै को जिम्मेवारी ” भन्ने मूल नारा का साथ राष्ट्रिय बाल दिवस मनाउने उद्देश लिइएको देखिन्छ ।

राष्ट्रिय बाल दिवस को अवसरमा ” शिक्षामा बालबालिकाको पहुँच अभिवृद्धि र सराेकारवालाहरुकाे भूमिका ” भन्ने मूल नारा को साथ राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय ले तौलिहवा मा अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा बालबालिकाहरूको हत र अधिकार को बारेमा , बालश्रम लाई कसरी कम गर्ने , बाल दुर्व्यवहार , यौनजन्य दुर्व्यवहार, बाल विवाह कसरी कम गर्ने लगायत अन्य विषयवस्तु मा छलफल भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश को अायाेना र मधेस मानव अधिकार गृह (महुरी होम) , दलित सामाजिक विकास केन्द्र , सिद्धार्थ सामाजिक विकास केन्द्र , सन साइन सामाजिक विकास केन्द्र र कालिका स्वावलम्बन सामाजिक विकास केन्द्र लगायत का संघ संस्थाहरुकाे सहकार्यमा कार्यक्रम गरिएको हो ।

राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश का सह सचिव सम्झना शर्मा को अध्यक्षता , कपिलवस्तु जिल्ला प्रमुख अधिकारी चक्रपाणि पाण्डेय को प्रमुख अतिथिता , जिल्ला समन्वय समिति का अध्यक्ष नारायण खनाल को अतिथिता , कपिलवस्तु नगरपालिका कि उपप्रमुख लक्ष्मी गुप्ता , सबै पालिका का प्रमुख प्रशासकीय अधिकृत , सबै पालिका का शिक्षा शाखा प्रमुख , महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने मानव अधिकारकर्मीहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारीहरू लगायतको सहभागिता रहेको कार्यक्रममा आयोगका दिपक ठाकुरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।