टप फिचर

४ वर्ष सम्म गठन हुन सकेन बाल सञ्जाल पाल्हीनन्दनमा : बालबालिकाको अवस्था 

By Thah Online

September 15, 2021

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अन्तर्गतको बालबालिकाको अवस्था अति नै दैनिय रहेको छ । विगत ४ वर्ष देखि पालिका बाल सञ्जाल विहीन रहेको छ । 

नेपाल सरकारले सम्पूर्ण स्थानीय तहमा बाल मैत्री स्थानीय शासन अवलम्बन गर्ने निर्देशन दिए ता पनि पाल्हीनन्दन गाउँपालिकामा हाल सम्म बाल मैत्रीको कुनै गतिविधि गरेको देखिँदैन। 

बाल मैत्री स्थानीय शासनको सूचक तथा अवलम्बन खुड्किलाको पहिलो आधार बाल सञ्जाल गठन हो। बाल मैत्री स्थानीय शासन राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्यविधि-२०६८ को अनुसार बाल मैत्री स्थानीय शासन घोषणा गर्नका लागि ३९ सूचक तथा १६ वटा खुड्किला पार गर्नु पर्दछ । तर हाल सम्म पाल्हीनन्दनमा बाल सञ्जाल समेत गठन भएको छैन। 

सुरुवातको समयमा अर्थात् २०७३ सालमा बाल अधिकार कर्मीहरूको अगुवाइ तथा अधिकारकर्मी कै लगानीमा सुरज गुप्ताको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरिएको थियो। तर ४ महिना  नबित्दै गाउँपालिका भवनको सदरमुकाम परसीयाबाट बेलासपुर सार्ने विवादमा बालबालिका माथि समेत हाथपात हुँदै विघटन भएको थियो। 

हाल सम्म गाउँपालिका बालबालिकामा लागानि शून्य समान गरेको छ। गाउँपालिकाले भौतिक पूर्वाधारमा लगानी गरे ता पनि सामाजिक क्षेत्रमा लगानी न्यून रहेको छ।