विदेशी ब्राण्डको मोटरसाइकल लहानमा उपलब्ध 



सिरहा लहान – इटालीयन ब्राण्डको बेनेली मोटरसाइकल सिरहाको लहानमा उपलब्ध हुने भएको छ । लहान नगरपालिका ३ स्थित बेनेली मोटरसाइकल सोरुम सञ्चालनमा आएको छ।

उक्त बेनेली मोटरसाइकल डिएम अटाे ट्रेडर्स बेनेली सोरुम लहानमा उपलब्ध हुने भएको छ।लहान नगरपालिका ३ पूर्व बस स्टेन मेगा बैंककको तलको भवनमा सञ्चालनमा आएको छ।

लहानमा दुई महिना अगाडि बेनेली बाइक लन्च भएको छ  दुई महिनामा ४२ वटा बाइक बिक्री गरी सकेको डिएम अटाे ट्रेडर्स बेनेली सोरुम लहानका सञ्चालक दिनेश कुमार साहले जानकारी दिनु भयो।

सञ्चालक दिनेश साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ सिरहा लहानका अध्यक्ष अशोक अमात्यले पान्समा बतिबालेर कार्यक्रमको उद्घाटन गरेका थिए। 

प्रमुख अतिथि अमात्यका अनुसार लहान नगरमा जुन एउटा नयाँ विदेशी कम्पनीको नयाँ बाइक आएकोमा लहान बासिमा गर्भको कुरा हो यो बाइकले ब्यब्सायीक बजारीकरण लिन्छ भने विश्वास छ । लहानमा यो बाइकको रोरुम थपिएको हुँदा अरू कम्पनीको बिक्री नहुने होइन सबै बाइकको उपभोक्ताको इच्छा जागोस् भने बजारमा राम्रो बजारीकरण हो भने उनले बताए। 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय पार्सद सदस्य तथा वरिष्ठ पत्रकार दिनेश्वर गुप्ताका अनुसार निरि प्रनिका कारण हामीले अहिले समृद्धि लिन सकेको छैन बेनेली मोटरसाइकलले राम्रो बजारीकरण  लिन्छ भने विश्वास छ उनले बताए । 

बेनेली बाईकका रिजनल म्यानेज बुद्ध राज चौधरीका अनुसार अरू बाइक भन्दा अलि फर किसिमको हो,यो बाइक इटाईलीयन ईन्जन भएकोले ईन्जिन बिग्रीने चांन्स कम  भएको हुँदा ग्राहकले बढी मन पराउने गरेका छन्।

देशको २२ ठाउँमा हाम्रो सेवा दिई रहेका छन्। यो बाइक तराई पहाडमा पनि सहजै गुडन सक्ने बाइक भएकोले  युवाहरूले बढी खरिद गर्न मन पराएका संचालका भाइ महेश साह र सोरुमका प्रतिनिधि सोनी गुप्ताले जानकारी दिनु भयो ।

नेपाल पत्रकार महासङ्घ सिरहा सखाको सभापति मनोज बनैताका अनुसार नयाँ पुस्ताको युवाहरुलाई निकै नै आकर्षण गर्ने भएको छ उनले बताए।यो कम्पनीले फयामली बाइक पनि रोरुममा हेर्न पाउँ र ग्राहक वर्गको ध्यानाकर्षण उक्त बाइकमा होस भने उनले बताए भयो।

सञ्चालक दिनेश साहका अनुसार हाम्रो यहाँ बेनेली भने लहानमा वास्तवमा नयाँ नै हो अहिले सम्ममा ४२ वटा बाइक बिक्री गरिसकेको बताए।हामीले जुन सुकै कम्पनीको बाइक एक्सचेन्ज गर्ने गरेका छौँ र बाइकको सम्पूर्ण स्पेयर पार्टहरू लहान मै उपलब्ध हुने वहाँले पत्तिबद्धता व्यक्त गर्नु भयो। 

उक्त बाइकको देशका विभिन्न सहरहरूमा सोरुमहरु सञ्चालन गर्ने बेनेली कम्पनीले निर्णय गरेको म्यानेजर चौधरीले जानकारी दिनु भयो । बेलेनी बाइक उपभोक्ताको चाहना भएको छ सुनचाँदी व्यवसायी सङ्घ लहानका अध्यक्ष श्याम सोनीले बताए।

लहानमा अहिले उक्त बाइकले राम्रो बजार लिएको छ। बेलेनी बाइकको ईन्जन राम्रो टिकाउ र गुणस्तरीय भएकोले उपभोक्ताको भनाई रहेको सोनी गुप्ता रौनियारले जानकारी दिनु भयो । स्थानीय युवा राजु साहले उद्घाटन कार्यक्रमको सञ्चालन गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्