टप फिचर

बडिगाड गाउँपालिकामा ५७ औँ राष्ट्रिय बाल दिवस मनाइयो

By Thah Online

September 15, 2021

५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बडिगाड गाउँकार्यपालिकाको आयोजना र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको संयोजनमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । 

बडिगाड गाउँपालिका भित्रका विद्यालयहरूबाट २० जना विद्यार्थी सहभागी भएको, कोरोना महामारी नियन्त्रणमा बालबालिकाको भूमिका विषयक प्रतियोगितामा भिमगिठे मावि भिमगिठेका सिर्जना केसि प्रथम, त्रिभुवन नमुना मावि खर्वाङका तेजश्वी भण्डारी द्धितिय, खड्कदेवि मावि तुन्डाडाका सागर बन तृतीय तथा खार मावि खारका करुणा घिमिरेले सान्त्वना स्थान प्राप्त गरेका छन्। 

कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बालबालिकाका अधिकारहरू स्थापित गर्न सरोकारवाला सबैको ध्यान जानुपर्ने र आफूहरूको पनि ध्यान जाने बताउनु भएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बालाकृष्ण सुवेदी लगायत विषयगत शाखाका प्रमुखहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू लगाएको सहभागिता रहेको थियो। 

कार्यक्रम बडिगाड गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीसको अध्यक्षता, शिक्षा अधिकृत प्रकाश बहादुर क्षेत्रीको स्वागत मन्तव्य र योजना अधिकृत तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।