बिमा समितिको अन्तरक्रिया कार्यक्रम लहानमा सम्पन्न



सिरहा लहान – स्थानीय तह तथा सरोकारवालाहरुसंग बिमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न सिरहाको लहानमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि लहान नगर पालिकाको मेयर मुनि साह सुडीका अनुसार बिमा व्यक्तिलाई हैन सामूहिक  हुनुपर्छ र किसानहरूलाई सम्पूर्ण बिमा कम्पनीले सामूहिक रूपमा लहान नगरपालिका हाता भित्र संयुक्त काउन्टर राख्नु पर्ने बताए,ताकी किसानहरूले सहज तरिकाले बिमा गराउन पाउ र सरोकारवालाहरूको हौसला प्रदान हुन्छ उनले बताए ।

कार्यक्रमको विशिष्ट अतिथि अशोक अमात्यका अनुसार बिमा समितिलाई जागरूक हुनै पर्छ र बिमा समितिको जनचेतना प्रत्येक व्यक्तिसमक्ष पुग नै पर्छ बताए। बिमा प्रतिको जनचाहना सबैमा हुनुपर्छ लहान नगर पालिकाको प्रवक्ता राज कुमार साहले बताए । 

अर्को विशिष्ट अतिथि लहान नगर पालिकाका उपमेयर सरियार चौधरीका अनुसार  हाम्रो ठाउँमा बिमा महत्त्वपूर्ण रहेको बताए तर महिलाहरू बचत र बिमा गर्न अग्रसर रहेको बताए । समूहमा बेधिएका महिलाहरूलाई बिमाको जनचेतना दिन आग्रह गरेका थिए। कार्यक्रममा दर्जनौँ बिमा कम्पनीको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

बिमाले पुँजीको सवालमा व्यक्ति र राज्यलाई पनि सहयोग गर्ने गरेका छन् । जब बिमाको दाबी भुक्तानी लिने बेलामा ढिलो भएको हुन्छ भने तेतिबेला बिमा प्रतिको आकर्षक घटिन जान्छ । वैदेशिक क्षेत्र भनेको नेपालको मुख्य विषय हो उनले प्रकाश पार्नु भयो।

बिमा कम्पनी नाफा मुखी मात्र हैन बिमा कम्पनी सेवा मुखी पनि हो। बिमा कम्पनीले देशको अर्थ तन्त्रको विकासको लागी काम गर्ने गरेका छौँ । कार्यक्रम उल्लेखनीय व्यक्तिहरूको सहभागिता रहेको आयोजकले जानकारी दिनु भयो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्