सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ। यता, तेजाबी सुनको प्रतितोला मूल्य आज ९० हजार ७०० पुगेको छ ।

यस्तै, महासङ्घका अनुसार चाँदीको मूल्य भने तीन दिनदेखि स्थिर रहेको छ। प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्