सैघाली खबर
काठमाडौं,८ फागुन
आज नेपाल बन्द गर्ने पुर्व जानकारी हुदाहुदैपनि बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा आगजनी गरेका छन् । मोरङको सलकपुर र ढाटमा आगजनी गरिएको जानकारी प्राप्त भएको छ ।नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दले बन्दको प्रभाव विहानैबाट देशैभरी परेको छ ।
बन्दमा प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिएको छ भने अन्य सबै सवारि साधनहरु ठप्प रहेका छन् । कुनैपनि पक्षबाट बन्दको अवज्ञा गरिए प्रतिरोधको कार्यक्रम अझ शसक्त बनाइने नेकपाले जनाएको छ ।राजधानी काठमाडौं सहित देशभर लामो र छोटो दुरीका सवारी यातायातका साधनहरु चलेका छैनन् ।
नेकपाको सहायक संगठन योंग रेड्फोर्सको रास्ट्रिय सम्मेलनमा सम्बोधन गर्न बिराटनगर जादै गर्दा सो पार्टीका स्थाई समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिटब्युरो सदस्य पदम बहादुर राइलाई आइतबार प्रहरीले गिरफ्तार गरेपछि नेताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको हो ।बन्दको क्रममा काठमाण्डौको वायुसेवा निगम अगाडी बम फेला परेको बताइएको छ भने पाल्पा सदरमुकाम तानसेनमा शक्तिशाली बम बिष्फोट गरिएको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।