सैघाली खबर
दाङ,८ फागुन
नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव विहानैबाट दाङ तथा देशैभरी परेको छ । लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन भने पसलहरु सबै बन्द रहेको छ भने बजारको मुख्य चोक चोकमा प्रहरीको बाक्लो सुरक्षा रहेको छ ।
बन्दमा प्रेस, एम्बुलेन्स, शब बहान, दुध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाइ चल्न दिएको छ भने अन्य सबै सवारि साधनहरु ठप्प रहेका छन । कुनैपनि पक्षबाट बन्दको अवज्ञा गरिए प्रतिरोधको कार्यक्रम अझ शसक्त बनाइने नेकपाले जनाएको छ ।
नेकपाको सहायक संगठन योंग रेड्फोर्सको रास्ट्रिय सम्मेलनमा सम्बोधन गर्न बिराटनगर जादै गर्दा सो पार्टीका स्थाई समिति सदस्य हेमन्तप्रकाश ओली र पोलिटब्युरो सदस्य पदम बहादुर राइलाई आइतबार प्रहरीले गिरफ्तार गरेपछि नेताहरुको रिहाइको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।