‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने



काठमाडौँ । लोकप्रिय हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलमार्फत प्रसारण हुने भएको छ । 

यसअघि ओ.एस.आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै आएको टेलिसिरियल ओ.एस.आरसँगको एक वर्षीय सम्झौता सकिएपछि अब आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिने बताइएको छ ।  

हिमालय टेलिभिजनबाट बिहीबार राती ८ बजे प्रसारण हुने टेलिसिरियल ९ बजे जेपिटी क्रियसनको युट्युबमा सार्वजनिक हुने कलाकार कुमार कट्टेल (जिग्री)ले जानकारी दिएका छन् । कट्टेलले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्