दलित सामाजिक विकास केन्द्र को अध्यक्षमा कोरी



कपिलवस्तु : दलित सामाजिक विकास केन्द्रको नयाँ कार्यसमिति चयन गरिएको छ । बुधवार १७ औँ साधारण सभा तथा अधिवेशनबाट ९ जनाको कार्य समिति रहने गरी अध्यक्षमा सञ्जय कुमार कोरी, उपाध्यक्षमा सुरजमती पासी, सचिवमा विश्राम कोरी, सह सचिवमा राजेन्द्र पासी, कोषाध्यक्षमा निलाम पासी,सदस्यहरुमा कुसुम कोरी,प्रसुराम चमार ,अनिता श्रीमाल र रिखिराम हरिजन रहनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रशासकीय अधिकृत राम चन्द्र ढकालले नव निर्वाचित समितिलाई शुभकामना दिँदै संस्थाले गरेको प्रगतिलाई खुलेर प्रशंसा गर्नु भयो । जिल्ला मै पहिचान बनाउन सफल भएकोले अागामि दिनमा तथा सहकार्य गरेर जानु पर्ने ढकालले जोड दिनु भयो । कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष प्रवीण कुमार श्री वास्तवले संस्थाले हरेक क्षेत्रमा परिवर्तन ल्याएकोमा सबै पक्षले आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो ।

संस्थाको प्रगति प्रतिवेदन कार्यकारी राम शरण रैदासले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष निलाम पासीले पेस गर्नु भएको थियो । कार्यक्रमको अवसरमा संस्थामा रहेर उत्कृष्ट काम गरेका कर्मचारी साथै १४ जनाले रक्तदान गरेकोमा प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा दलित महिला सङ्घ को माया नेपालीको समेत उपस्थिति रहेको थियो भने सतिश निगम को सञ्चालन कार्यक्रम सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्