युरोपेली संघले गरिब देशहरुलाई २० करोड खोप दिने



एजेन्सी । युरोपेली सङ्घले न्यून आय भएका गरिब मुलुकहरूलाई कोरोनाभाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरूप प्रदान गर्ने भएको छ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिब देशहरूलाई प्रदान गर्ने प्रतिबद्धता गरिएको जानकारी दिएका छन्। ‘गरिब राष्ट्रहरूलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ।’ युरोपेली संसद्को वार्षिक बैठकमा उनले भने।

उनीहरूलाई उपलब्ध गराउने भनिएको खोप अर्को वर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिएका छन् । उनले सङ्घको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सबैलाई आह्वान गरेका छन् । गरिब देशहरूलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रूपमा लिनु पर्नेमा समेत उनले जोड दिए ।

विश्वका कतिपय देशहरूले अहिलेसम्म पनि कोरोनाभाइरस विरुद्धको खोप पर्याप्त रूपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरूले योगदान गर्नुपर्ने उनको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्