संखुवासभा सामूहिक ह त्याका ण्ड : मुख्य आ’रोपी लोकबहादुरका भाइ पनि प’क्राउ



काठमाडौँ । सङ्खुवासभा सामूहिक ह’त्या प्रकरणमा  प’क्राउ परेका मुख्य आरोपी लोकबहादुरका भाइ नरेश कार्की पनि प’क्राउ परेका छन् । प्रहरीका अनुसार घटना घटिरहँदा नरेश पनि नजिकै रहेको हुनसक्ने आशङ्का देखिएपछि उनलाई थप अनुसन्धानका लागि प’क्राउ गरिएको हो ।

प्रहरीका अनुसार ह’त्या गरिएकामध्ये एक जनाको मोबाइल लोकबहादुरको घरमा फेला परेको थियो । उक्त मोबाइल नरेशले लुकाएको हुनसक्ने प्रहरीको आशङ्का छ ।

अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएकाले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा प्रहरी अधिकारीले नरेशको साथबाट ह’त्या गरिएकी रञ्जना कार्कीको मोबाइल बरामद गरेका छन् ।  यसबाट अनुसन्धानमा नयाँ तथ्यहरू खुल्ने प्रहरीको विश्वास छ ।

सङ्खुवासभाको मादीमा गत २१ भदौमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीय कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीय गोमाको श’व भेटिएको थियो । लोकबहादुरले नै ह’त्या गरेकाे ठहर गर्दै प्रहरीले केही दिन अघि प’क्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

मृतक ६ जनामध्ये एक जनाको मोबाइल लोकबहादुरको घरमा भेटिए पनि अर्को मोबाइल भने हालसम्म भेटिएको छैन । घटनास्थलमा फेला नपरेको उक्त मोबाइल सेट नरेशले लुकाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्