ओली र राष्ट्रपति भण्डारीबीच दुई घण्टा लामो भेटवार्ता



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारीबिच दुई घण्टा लामो भेटवार्ता भएको छ

स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न बुधवार राति ८ बजे शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबिच झन्डै दुई घण्टासम्म छलफल भएको स्रोतले जानकारी दिएको छ । राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीबिचको भेटवार्ता नेकपा एमालेको आन्तरिक विषयमा केन्द्रित रहेको बुझिएको छ ।

स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई भेट्न ओलीबिच संसद्को अवरोध लगायतका विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्