सैघाली खबर
काठमाडौं,८ फागुन
नेपाली कांग्रेसभित्र संसदियदलको नेताका आकाक्षी बढेका छन् । पार्टी सभापति शेरबहादुर देउवाआफू नै संसदियदलको नेता दोहोरिन चाहनु भएको छ भने प्रकाशमान सिंहले पनि संसदियदलको नेता बन्ने चाहना राख्नुभएको छ । नेतृत्वको असक्षमताकै कारण चुनावमा कांग्रेसले अनपेक्षित हार बेहोर्नु परेको आरोप लगाउदै कांग्रेस भित्र देउवादलको नेता हुन नहुने विषयमा रामचन्द्र पौडेलपक्षले बहस सुरु गरेको छ ।
नेता प्रकाशमान सिंहले दावी गरिसक्नु भएको छ भने एकथरी नेताले महामन्त्री शशांक कोईरालालाई संसदियदलको नेता बनाउनुपर्ने बताइरहेका छन् । आकाक्षींहरु धेरै भएपछि कांग्रेसमा संसदियदलको नेतामा चुनाबहुने संभावनाभएको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले सहमतिमा नै संसदियदलको नेताचुनिने सीआइएनसँगबताउनुभयो । उहाँकाअनुसार सभापति देउवाले संसदीयदलको नेताका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउँदै हुनुहुन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।