बोक्सी भन्दै महिलामाथि कुटपिट, एक प’क्राउ



बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आ’रोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई प’क्राउ गरेको छ । स्थानीय ३६ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आ’रोपमा ४५ वर्षीय लखन साहलाई प’क्राउ गरिएको प्रहरीले जनाएको छ ।

विगत दुई सातादेखि बिरामी आफ्ना नातिनीको उपचार गराउँदा पनि निको नभएको झोकमा साहले छिमेकी ती महिलालाई बोक्सी भन्दै कुटपीट गरेको सुचनाका आधारमा साहलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

ती महिलाले नै टुनामुना गरेको आफ्नो नातिनीलाई बिरामी बनाएको भन्दै महिलामाथि कुटपिट गरेकाले साहलाई प’क्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्