चीनसँग प्रतिस्पर्धा गर्न संगठित हुँदै बेलायत, अमेरिका र अष्ट्रेलिया



एजेन्सी । विश्वका शक्तिशाली देशहरू अमेरिका, बेलायत र अष्ट्रेलिया चीनसँग प्रतिस्पर्धा गर्नका लागि एउटा विशेष सुरक्षा सहमति जुटाएका छन् । एशीया प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभाव कम गर्ने उद्देश्यले यस्तो सहमति गरिएको हो ।  यो सहमति उन्नत रक्षा प्रविधिको साझेदारीसँग सम्बन्धित छ ।

बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले संयुक्त वक्तव्यमार्फत सार्वजनिक गरिएको यो सम्झौतालाई ‘औकस’ नाम दिइएको छ । ‘अकुस’ नाम दिइएको उक्त सम्झौताले 

आर्टिफिसियल इन्टिलिजेन्स, क्वान्टम प्रविधि र साइवर सुरक्षालाई पनि समेट्नेछ । यस्तो सम्झौतापछि अष्ट्रेलियाले फ्रान्ससँग यसअघि गरेको ५० बिलियन डलरको सम्झौता स्थगित गरेको छ ।

अफ्रिका, दक्षिणपूर्वी एशिया देखि दक्षिण अमेरिकासम्म चीनको चासो बढ्दै गएको देखिन्छ । यसबाट पश्चिमा राष्ट्रहरू झस्किएका छन् । चीनसँग बढ्दो आक्रामक उपस्थितिको सामना गर्न पश्चिमा देशहरू सङ्गठित हुन थालेका छन् ।

यो सहमतिको मुख्य उद्देश्य चिनको बढ्दो सैन्य प्रभाव मत्थर पार्नु रहेको बुझिएको छ । यो कार्यक्रम संयुक्त सैन्य क्षमता विस्तारमा केन्द्रित हुनेछ ।  तीन मुलुकको यो सहमतिले पहिलो पटक  अष्ट्रेलियालाई आणविक क्षमताको पनडुब्बी निर्माण गर्न सहयोग गर्नेछ ।  
 अष्ट्रेलियाले १२ वटा पनडुब्बी खरिदका लागि ५० अर्ब डलर खर्च गर्दैछ । अष्ट्रेलियाले आणविक क्षमताको पनडुब्बी बनाउन लागेको यो पहिलो अवसर हो । साथै साईबर सुरक्षा, प्रतिआतंकबाद र आधुनिक प्रतिरक्षा प्रणालीमा पनि तिन देशले मिलेर काम गर्ने भएका छन् । चीनले यसबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन ।

चीनविरुद्ध अर्को समूह समेत सक्रिय छ । क्वाड नाम दिइएको यो समूहमा अमेरिका, अष्ट्रेलिया, भारत र जापान छन् । यी देशहरूको बैठक बस्दै आएको छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्