मुख्य समाचार

सामाजिक सञ्जालबाट हुने ठगीबाट बच्न साइबर ब्युरोको अनुरोध 

By Thah Online

September 16, 2021

काठमाडौँ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीले प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सामाजिक सञ्जाल भाइवर, वाट्स्‌एप, इमो लगायतका विभिन्न सामाजिक एपहरू मार्फत भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको पाइएको उक्त ब्युरोले जनाएको छ ।

विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत चिट्टा परेको भन्दै चिट्टा बापतको रकम पाउनका लागि कर चुक्ता गर्न यति रकम चाहिने भएकोले बैङ्क तथा अनलाइन मार्फत पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढी रहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न उक्त ब्युरोले अनुरोध गरेको हो ।