अब एमालेमा माधव नेपालको आवश्यकता छैन : केपी ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा माधव नेपालको आवश्यकता नरहेको बताएका छन्।  बिहीबार काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीलाई माधव नेपालको आवश्यकता नरहेको बताएका हुन् ।  उनले माधव नेपालले कहिल्यै पार्टी र सरकारको पक्षमा नबोलेको आरोप लगाएका छन् ।

उनले भने, ‘ हुन अझै पनि हाम्रा केही साथीहरू अहिले पनि भन्नु हुन्छ, माधव कमरेड आउनुस् तपाईँको आवश्यकता छ । फेरि फुटाउन उहाँको आवश्यकता छ यहाँ ? फेरि फुटाउने ? के गर्न आवश्यकता छ माधव कमरेडको म बुझ्दिनँ ।  घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा हिँडेका मान्छेलाई केही भन्दिनँ ।’

माधव नेपालले पार्टीमा गुटबन्दी मात्र गरेको र साढे ३ वर्षमा सरकारको पक्षमा एक शब्द नबोलेको उनले बताए ।  उनले  पार्टीलाई सिध्याउने बाहेक कुनै काम नगरेको भन्दै ओलीले एमालेलाई सिध्याउन माधव नेपालले विपक्षीसँग साँठगाँठ गरेको लगाए ।

सोही कार्यक्रममा अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो गलत भएको भन्दै एमालेमै फर्किन आग्रह गरेकी थिइन् । ओलीले आफूले कसैको जवाफ दिन नचाहेको भन्दै बेला बेला यस्ता कुरा आउने गरेकाले जवाफ दिएको बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्