अपराध

हजुरआमाको ह त्या गरेको आ’रोपमा नाति प’क्राउ

By Thah Online

September 16, 2021

बझाङ । ८० वर्षिया हजुरआमाको ह’त्या गरेको आ’रोपमा नाति प’क्राउ परेका छन् । 

दुर्गाथली वडा नम्बर ५ घर भएकी ८० वर्षिया रिठीदेवी जप्रेलको ह’त्या गरेको आ’रोपमा २१ वर्षका उनकै नाति नाता पर्ने सुभाष जप्रेल प’क्राउ परेका छन् । 

८० वर्षिया वृद्ध यही भाद्र २७ गते देखी हराएको उहाँको आफन्तले हराएको सूचना प्रहरी कार्यालयमा जानकारी गराए पछि खोजी गर्दा उहाँकै घर नजिकै आँगनमा लास गाडेको फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए । लास आज ३१ गते बिहान ८ बजेर ३० मिनेटमा फेला परेको थियो । वृद्धको लास पोष्टमेडमको लागी जिल्ला अस्पताल ल्याइएको छ । ह’त्या गरेको आ’रोपमा वडा ५का अध्यक्ष समेत रहेका राम बहादुर जप्रेलका छोरा उहाँकै नाति सुभाष जप्रेललाई अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ल्याएको डिएसपी रूपक खड्काले बताउनु भएको छ ।