बादलको प्रश्न : मदन भण्डारी र आश्रितको ह त्या किन भयो ?



नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठक जीवराज आश्रितको ह त्या किन भयो भनेर प्रश्न गरेका छन् । बिहीबार काठमाडौँ जिल्ला कमिटीको भेलामा थापाले नेपालको राजनीतिक आन्दोलनको स्मरण गर्दै मदन आश्रितको हत्या हुनुमा राजनीतिक कारण रहेको समेत बताए ।

उनले भने, “मदन–आश्रितको हत्या ५० सालमा किन भयो ? त्यसको पछाडि राजनीतिक कारण छ । मदनले जुन विचार अघि सार्नुभयो त्यो विचार गणतन्त्र र राष्ट्रवादको पक्षमा थियो ।’

उनले मदनको चर्चित भाषण राजालाई श्रीपेच खोलेर आउन दिएको चेतावनीलाई समेत स्मरण गरे । “मदन भण्डारी राजतन्त्रको विरुद्ध गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । साम्राज्यवाद र विस्तारवादको विरुद्ध हुनुन्थ्यो”, उनले भने।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्