तुलसीपुर १४ का बिभिनन योजनाको अनुगमण



सैघाली खबर,
तुलसीपुर,८ फागुण ।
तुलसीपुर उपमहानगरपालिकाले बिभिन्न आयोजनाहरुको अनुगमण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाको लगानीमा भएका तुलसीपुर १४ का बिभिन्न सडकलगायतका आयोजनाको सोमबार अनुगमण गरिएको हो । तुलसीपुर उपमहानगर कार्यपालिका सदस्य अमर नेपाली( माईकल) , देवराज बिश्वकर्म, दिपक कुमाल, शुसिला बुढाथोकी, वडा नं. १४ का वडा अध्यक्ष परशुनारायण चौधरीलगायतको टोलीले अनुगमण गरेको हो । अनुगमण टोलीले १ लाखको लाखको लगानीमा निर्माण भएको कुम्रगनारी अकमी महेरा सम्मको सडक, पाँच लाखको लगानीमा निर्माण भएके ड्वाङ्पुर अकमी हुँदै बाँकी जोड्ने सडक, एक लाख ५० हजारको लगानीमा निर्माण हुन लागेको गम्देवा थापा टोल जिम्मालवा घरसमम जोड्ने सडक, १ लाखको लगानीमा निर्माण भएको निसरैया बेलडाँडा देखि डुरुवा पुल सम्म जोड्ने सडक, १ लाख ५० हजारको लडानीमा निर्माण भएको कन्जवार गनारी हुदै पत्खौलीसम्म जोड्ने सडक, १ लाखको लगानीमा कोठेरी प्रतिक्षालय सम्म जोड्ने सडकको अनुगमण गरेको हो ।

त्यस्तै १ लाखको लगानीमा निर्माण भएको शिब मन्दिर, खेलमैदान, ५ लाखको लगानीमा निर्माण भएको मलवारे कुलोमा कलबर्ट, १ लाखको लगानीमा निर्माण भएको मलवार सिंचाईका लागि पईप खरिद तथा बिस्तारको अनुगमण गरिएको हो । अनुगमणका क्रममा प्रभाबकारी रुपमा काम भएको पाईएको हो । साथै सडक पुगे पछि त्यस क्षेत्रका बासिन्दाहरु हर्षित भएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्