मायादेवी मन्दिर खुल्यो , भोलि मुख्य मन्त्री के.सी लुम्बिनी आउने 



लुम्बिनी । महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनी, मुलुककै प्रमुख पर्यटकीय गन्तव्य स्थल लुम्बिनीको मायादेवी मन्दिर लामो समयपछि खुला गरिएको छ । मन्दिर खुलेसँगै स्वदेशी र विदेशी पर्यटक, तीर्थयात्री र श्रद्धालुहरू मन्दिर अवलोकन गर्न सक्नेछन् । १० दिन अघि नै मन्दिर खुलेसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद के.सी ‘‘सोनाम’ ले भोलि बिहान ८ः०० बजे लुम्बिनी भ्रमण, मायादेवी मन्दिरको दर्शन एवम् पूजाआजा गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताए । 

मन्दिर खोलिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । मन्दिरको धेरै आन्तरिक पर्यटकले मन्दिर अवलोकन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश खुला गरिएको हो । डेढ–डेढ मिटरको दूरीमा लाइन लगाएर शरीरको तापक्रम नापी प्रवेश दिइएको छ । सेनिटाइजर र मास्क नलगाई आउनेलाई प्रवेश निषेध गरिएको छ ।  मायादेवी मन्दिर र मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तूप, विहारका भग्नावशेष र प्राचीन इनार अवलोकन गरी पर्यटक फर्कने गरेका छन् । ध्यानमा रुचि हुने व्यक्ति ध्यानसमेत बस्ने गरेका छन् ।

सुरक्षा सतर्कताका साथ एक पटकमा सीमित व्यक्तिलाई मन्दिरभित्र प्रवेश दिएका गर्न दिएको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिर खोल्न यहाँका पर्यटन र होटल व्यवसायीले दबाब दिएका थिए । मन्दिर पूर्ण रूपमा सञ्चालन गर्न कोषले आन्तरिक तयारी पूरा गरेको जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै वैशाख १६ गतेबाट मन्दिर पूर्ण बन्द गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्