सुस्तामा भाले गैँडा मृत अवस्थामा फेला 



नवलपरासी : पश्चिम नवलपरासीको सुस्तामा भाले गैँडा मृत अवस्थामा फेला परेको छ । सुस्ता गाउँपालिको वडा न.४ नर्सही स्थित नारायणी नदिको ठोक्कर न १३ र १४ को बिच नारायणी नदिको छेउमा मृत गैँडा स्थानीयले देखेपछि नर्सही प्रहरी र बन कार्यालयमा खबर गरी नियन्त्रणमा लिएको छ । 

मृत रहेको भाले गैँडालाई सशस्त्र सुरक्षा शाखा क्याम्प बडेरा पश्चिम नवलपरासीमा पठाएको सब बन डिभिजन कार्यालय प्रतापपुर सुस्ताका निमित्त प्रमुख चीन बहादुर यादवले जानकारी दिएका छन् । निमित्त प्रमुख यादवको अनुसार सो गैँडा बृद्धअबश्था भएको कारणले पानीले बगाएर मृत भएको हुन सक्ने बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्