भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा ‘राष्ट्रिय बेरोजगार दिवस’ मनाउने घोषणा



 एजेन्सी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (शुक्रवार) आफ्नो जन्मदिन मनाउँदै छ तर विपक्षी काँग्रेसले भने यसलाई ‘राष्ट्रिय बेरोजगार दिवस’ को रूपमा मनाउने घोषणा गरेको छ । यस उपलक्ष्यमा उनको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले २० दिनसम्मको भव्य कार्यक्रम आयोजना गर्दै छ ।

आज सेप्टेम्बर १७ का दिन प्रधानमन्त्री मोदीको ७१ औँ जन्मोत्सव परेको हो । यस्तै उनी २० वर्षअघि अक्टोबर ७ का दिन गुजरातको मुख्यमन्त्री भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीको जन्मदिन भाजपाले २० दिनसम्म ‘सेवा र समर्पण अभियान’ सञ्चालन गरेर मनाउने भएको हो । यो अभियान अक्टोबर ७ तारिखमा समाप्त हुनेछ ।

त्यति मात्र होइन मोदीको पार्टीले उनको जन्मदिन २० दिनसम्म  राष्ट्रव्यापी अभियानको रूपमा आयोजना गर्ने भएको छ। ‘सेवा र समर्पण अभियान’ नाम दिएको उक्त जन्मदिन विशेष अभियान ७ अक्टोबरमा समाप्त हुनेछ। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्