माधव नेपालले गरे पार्टी केन्द्रीय कार्यालयको उद्‍घाटन , मासिक भाडा तीन लाख



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालयको उद्घाटन गरेका छन् ।

आज (शुक्रवार) बिहान बानेश्वस्थित आलोकनगरको पूजा थापा बस्नेतको घरमा  स्थापना गरिएको पार्टी कार्यालयको अध्यक्ष नेपालले रिबन काटेर उद्घाटन गरेका हुन् ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले तत्काल कुनै पनि दलहरूसँग पार्टी एकता नगर्ने बताएका छन् ।

तर, अध्यक्ष नेपालले आगामी निर्वाचनमा दलहरूबिच चुनावी तालमेल हुने बताए । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूबिच चुनावी तालमेल हुने अध्यक्ष नेपालको भनाइ छ । त्यस्तै, उनले आगामी असोज ५ गतेसम्म सरकारले पूर्णता पाउने पनि विश्वास दिलाएका छन् ।

पार्टी कार्यालयको मासिक भाडा तीन लाख

उक्त पार्टी कार्यालय ५ वर्षको लागि भाडामा लिइएको नेताहरूले बताएका छन् । र, घरको भाडा मासिक तीन लाख रुपैयाँ पर्ने पनि जनाइएको छ । एमाले विभाजन गरेर माधव नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्