काठमाडौँ । आज असोज १ गते नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य ह्वात्तै घटेको छ । बिहीबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज तोलामा १४ सय रुपैयाँले घटेको हो ।
बिहीबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज एकै दिन १४ सय रुपैयाँले घटेर तोलाको ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रवार चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदीको मूल्य आज ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।