पोर्नोग्राफी प्रकरणमा शिल्पा शेट्टीले बयानका क्रममा खोलेका १० रहस्य



एजेन्स । कुन्द्रा ब्रिटिश नागरिक हुन् र बलीवुडकी चर्चित नायिका शिल्पा सेट्टीका पति हुन्। राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । उनीमाथि अश्लिल फिल्म बनाएर प्रशारण गरेको आरोप लागेको छ । राज कुन्द्रासँगै यस प्रकरणमा पुनम पाण्डेसहित मोडलहरू पनि मुछिएका छन् ।

राजलाई थप अनुसन्धानका लागि अदालतले न्यायिक हिरासतमा समेत पठाएको छ। शिल्पाले कुन्द्रालाई उनका कारण परिवारको बेइज्जत भएको भन्दै काम गुमेको र आर्थिक क्षति भोग्नु परेको समेत बताएकी थिइन् । राजको पोर्नोग्राफी प्रकरणका विषयमा अभिनेत्री तथा राजकी पत्नी शिल्पा शेट्टीले पनि बयान दिइन् । शिल्पाले मुम्बईको अपराध शाखालाई दिएको बयान भारतीय सञ्चार माध्यम आज तकले प्रकाशित गरेको छ ।

जसमा शिल्पाले दिएको बयानलाई १० बुँदामा राखिएको छ ।
१. शिल्पा शेट्टीले आम्र्सप्राइम मिडिया कम्पनीको बारेमा जानकारी दिइन् । उनका अनुसार उक्त कम्पनीले छोटा फिल्म बनाउने काम गर्छ । जसमा अभिनेत्रीहरू आफ्ना इच्छा अनुसार प्रस्तुत हुने गर्थे ।

२. आम्र्सप्राइम मिडिया कम्पनीमा राज कुन्द्रा सन् २०१९ मा जोडिएका थिए । यसबाट राज कुन्द्राले राम्रै फाइदा कमाएका थिए । यस कम्पनीमा राजका पार्टनर सौरभ कुशवाहा पनि थिए । तर, उनीहरु केही समयपछि अलग भए ।

३. शिल्पाले उमेश कामथसँग पनि चिनजान भएको स्वीकार गरिन् । उनले उमेश भियान इन्डस्ट्रीजमा काम गर्ने गरेको पनि बताइन् ।

४. उनले उमेश कामथले गहना वशिष्ठसँग मिलेर पोर्न भिडियो बनाएको पनि बताइन् । उनले उक्त भिडियो बेच्ने गरेको र उमेश कामथलाई प्रहरीले पक्राउ गरेको खुलाइन् ।

५ . शिल्पाले भियान इन्डस्ट्रीमार्फत ह्वाटशप एप बनाएको कुरा थाहा नभएको बताइन् । जसमार्फत पोर्न बनाएर बेच्ने गरिन्थ्यो ।

६ . शिल्पाले बोलीफेम एपको बारेमा पनि बताइन् । उनले उक्त एपको बारेमा कुनै पनि जानकारी नभएको बयान दिइन् । बोलीफेम राजको नयाँ प्रोजेक्ट हो । उनी यसका लागि काम गरिरहेका थिए ।

७. शिल्पाले आफूलाई निर्दोष भएको भन्दै राज कुन्द्राको व्यवसायको बारेमा कुनै पनि जानकारी नभएको बताइन् । उनले राजलाई कुनै पनि कुरा नसोधेको र राजले पनि नबताएको बयान दिइन् ।

८. शिल्पाले भनिन्, ‘म आफ्नै काममा व्यस्त थिएँ । मैले पतिसँग के गर्छौ भनेर कहिल्यै सोधिन । उनले पनि आफ्नो कामको विषयमा कहिल्यै बताएनन् ।
९ . शिल्पाले बयानका क्रममा राजसँग कसरी भेटघाट भएको र उनीहरुको विवाहको बारेमा पनि खुलाएकी थिइन् ।

१० . शिल्पाले राज कुन्द्राका पार्टनर सौरभ कुशवाहासँग मतभेद भएको र उनीहरु अलग भएको पनि बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्