सङ्खुवासभा ह त्या का ण्ड: लोकबहादुरका भाइलाई सदरमुकाम ल्याइयो



काठमाडौँ | गत साता सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक ह त्यामा संलग्न लोकबहादुर कार्कीको भाई समेत संलग्न रहेको भन्दै प्रहरीले सदरमुकाम खाँदबारी ल्याएका छन् ।

लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागि सदरमुकाम खाँदबारी ल्याएको प्रहरीले जनाएकाे छ । हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद गरेका छन् ।

मोबाइल बरामद गरेपछि प्रहरीले नरेशलाई बिहीबारदेखि नै नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की,आमा पार्वती कार्की,श्रीमती कमला,बुहारी ३२ वर्षीय रञ्जना कार्की,८ वर्षका विपिन कार्की र पाँच वर्षीय गोमा कार्कीको हत्या भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्