विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा



एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले टी- २० क्रिकेट टोलीको कप्तानी छाड्ने घोषणा गरेका छन् । तर, उनले एक दिवसीय र टेस्ट खेलका लागि भारतीय राष्ट्रिय टोलीको नेतृत्व गरिरहनेछन् ।

सामाजिक सञ्जाल  ट्विटरमा एक विज्ञप्ति निकाल्दै कोहलीले तीन वटै फर्म्याटमा पछिल्ला ५/६ वर्ष कप्तानी सम्हाल्दा ‘वर्कलोड’ धेरै भएको भन्दै टी-२० फर्म्याटमा कप्तानी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

‘यो अक्टोबरमा दुबइमा हुने टी-२० विश्वकपपछिबाट टी-२० फर्म्याटको कप्तानी छाड्ने निर्णय गरेको छु। मैले यसबारेमा बीसीसीआईका अध्यक्ष सौरभ गांगुली र सेक्रेटरी जय शाहसँग कुरा गरिसकेको छु’, उनको विज्ञप्तिमा भनिएको छ, ‘मेरो क्षमताले भ्याएसँग भारतीय क्रिकेटको सेवामा लागिरहने छु ।’

आफूलाई भारतीय टोलीको प्रतिनिधित्व गर्ने सौभाग्य मात्र प्राप्त भएको हैन अधिकतम योग्यतासहित आफूले टोलीको नेतृत्व गरेको भन्दै कोहलीले भारतीय टोलीको कप्तानीको यात्रामा आफूलाई समर्थन गर्ने सबै जनालाई धन्यवाद दिएका छन् ।

https://twitter.com/imVkohli/status/1438478585518456832?s=20

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्