त्रिभुवन विश्वविद्यालयमा आजदेखि भौतिक उपस्थितिमा कक्षा सुरु



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आजदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन थालेको छ । यसअघि नै असोज १ गतेबाट भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको त्रिविले आजदेखि कक्षा सञ्चालन गरेको हो । कक्षा सञ्चालनका लागि त्रिवि कार्यकारी परिषद्ले भदौ २७ गते सो निर्णय गरेको थियो ।

त्रिविले क्याम्पस, विभाग, स्कुलहरूमा प्रत्यक्ष कक्षा सञ्चालन गर्न नेपाल सरकारका सरोकारवाला निकायहरूसँगको समन्वयमा निर्णय गरेको हो ।

विश्वविद्यालयले महामारीको समयमा अनलाइन कक्षा सञ्चालन गर्दै आएकोमा विद्यार्थीहरूको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई विचार गरी सबै क्याम्पस/विभाग/स्कुलहरूले स्थानीय निकायले तोकेको समय सीमा र मापदण्ड भित्र रहने गरी स्थानीय निकायसँगको समन्वयमा भौतिक रूपमा पठनपाठन गर्न सूचना जारी गरेको हो।

त्रिविले जारी गरेको सूचनाका कोभिड – १९ को जोखिम कायमै भएकाले स्थानीय निकायले तोकेको समय सीमा र मापदण्ड भित्र रही सञ्चालन गर्न भनिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्