टप फिचर

” पुस्तकालय ” 

By Thah Online

September 17, 2021

‘कविता’ ज्ञान विज्ञानको सम्मुचित प्रयोगालय नयाँ र पुराना ज्ञान सामग्रीको सङ्ग्रहालय  भोको ज्ञानको पाठकलाई आैषधालय विविध पाठकका लागि निःशुल्क सेवालय

विश्वलाई हरपल चिहारहने आँखीझ्याल ज्ञानका भोको पाठक चुहाइरहन्छ र्याल भविष्यको लागि सुरक्षित गरिन्छ ज्ञान सामग्रीको ख्याल पस्तकको प्रयोग र संरक्षणमा क्रमबद्ध चाल

राष्ट्रको शिक्षा, संस्कृत र विकासको जगेर्नास्थल मित्रता र भाइचारा तथा सद्भावको उद्गमस्थल समसामयिक विषयवस्तु र अनौपचारिक शिक्षाको आदर्श स्थल ज्ञानको शक्तिले भरिपूर्णका लागि तपस्या स्थल

पुस्तकहरूको वैज्ञानिक र व्यवस्थित वर्गीकरण  पाठ्य ज्ञान सामग्रीको क्रमबद्ध वैज्ञानिक सूचीकरण ज्ञान सामग्रीको निरन्तर वैज्ञानिक व्यवहारिकरण ज्ञान सामग्रीको खोजी एवम् परिचालनमा सरलीकरण 

पाठ्यसामग्रीहरूको मात्र सङ्ग्रह होइन भण्डारण विविध अनुसन्धानात्मक ज्ञान सामग्रीको प्रसारण  ज्ञानका भोको पाठकलाई आवश्यक ज्ञान सामग्रीको हस्तान्तरण विविध पाठकका लागि पाठ्यसामग्रीको स्थानान्तरण