असोज ८ गते दाङको तुल्सीपुरमा सामुदायिक वन अधिकार सम्मेलन हुने

५ हजार जनाको सहभागितामा हुने सम्मेलमा संंगठनको सुदृढीकरण सहित सवालगत छलफल गरिने


दाङ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आयोजनामा असोज ८ गते दाङको तुल्सीपुरमा सामुदायिक वन अधिकार सम्मेलन हुन भएको छ । सामुदायिक वनका अधिकारका विषयमा खबरदारी गर्न सम्मेलन हुन लागेको हो ।

असोज ८ गतेदेखि तीन दिनसम्म तुल्सीपुरमा हुने सामुदायिक वन अधिकार सम्मेलन सहित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको राष्ट्रिय कार्यसमितिको छैठो बैठकलाई सफल पार्न आज बिहीबार घोराहीमा भएको तयारी बैठकले कार्यक्रमलाई सफल पार्न विभिन्न कार्यक्रम तयार पारेको बैठकपछि सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ दाङका प्रवक्ता हेमराज शमाले जानकारी दिनुभयो ।

बैठकले सम्मेलनमा सामुदायिक वनका उपभोक्तासहित वन अधिकारकर्मी तथा सरोकारवालाहरूका उपस्थिति, कार्यक्रमका व्यवस्थापन, सवालगत छलफल तथा स्थानीय तहमा देखिएका समस्यालाई सम्मेलनमा प्रस्तुत गरी निष्कर्षमा पुग्ने निर्णय समेत गरेको छ । बैठकले जिल्ला महासङ्घका कोषाध्यक्ष कमलराज पोख्रेलको संयोजकत्वमा आर्थिक उपसमिति, जिल्ला सदस्य नवराज शर्माका संयोजकत्वमा सहभागी व्यवस्थापन उपसमिति, प्रदेश उपाध्यक्ष तिलक भण्डारीको संयोजकत्वमा व्यवस्थापकीय उपसमिति र सचिव जानका केसीको संयोजकत्वमा अतिथि स्वागत उपसमिति गठन गरेको छ ।

करिब ५ हजार जनाको सहभागितामा सम्पन्न गरिने सामुदायिक वन अधिकार सम्मेलमा संंगठनको सुदृढीकरण सहित संरक्षण क्षेत्र बिस्तार, दीगो वन व्यवस्थापन कार्यान्वयनको अवस्था, सङ्घ, प्रदेश र स्थानीय सरकार तयार पारेका सामुदायिक वनका ऐन, सरकारको नीति तथा कार्यक्रमका लगायतका सवालमा छलफल गरिने बैठकपछि  सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो ।

वन महासङ्घ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको अध्यक्षता एवं सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका उपाध्यक्ष भिमप्रकाश खड्काको प्रमुख आतिथ्यता र केन्द्रीय सचिव ठाकुर भण्डारीको विशिष्ट आथिथ्यतमा भएको बैठकमा सहभागीले सामुदायिक वन सम्मेलन तथा राष्ट्रिय कार्य समितिको बैठक सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा उपस्थित दाङका दश वटै पालिकाका अध्यक्षहरूले तुल्सीपुरमा हुने कार्यक्रमलाई सफल पार्न आफूले लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकको सहजीकरण जिल्ला सचिव जानका केसीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्