अस्ट्रेलिया बाट ब्रेन ट्युमर पीडित पत्रकारलाई विशेष आर्थिक सहयोग



पीडित पत्रकार राम पुकार राउतलाई रु ५०,२६६ को विशेष आर्थिक सहयोग गरियो छ। रौतहट जिल्लाको परोहा नगरपालिका – ८ नर कटिया निवासी सब. इन्स्पेक्टर राम सुन्दर आर्य का छोरा तथा नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल प्रदेश नं २ को उपाध्यक्ष इन्जिनियर आर्यन सुरज राउतले विभिन्न साथीहरू र सर्लाही जिल्ला निवासी प्रमोद पटेलको विशेष सहयोगमा ब्रेन ट्युमर पीडित पत्रकार राम पुकार राउत लाई आर्थिक सहयोग गरियोको छ।

विभिन्न सामाजिक सञ्जाल बाट यसै जिल्लाको ब्रेन ट्युमर पीडित पत्रकारलाई आर्थिक सहयोगको आवश्यकता परेको जानकारी समाज सेवी आर्यान सुरज राउतले थाह पाए र अस्ट्रेलियामा बस्दै आएका आफ्ना साथीहरू र दाजु प्रमोद पटेलको मदतले पीडित पत्रकारलाई रु ५०,२६६ पचास हजार दुई सय छयासठी आर्थिक सहयोग गरेका छन्।

आर्यान सुरज राउतले आफ्नो र आफ्नो साथीहरू रोहित गुप्ता (लहान), अस्मिता सिंह (भरतपुर), प्रमोद पटेल (सर्लाही), शिव खरेल (काठमाडौँ) नितेश मेहता (पर्सा), सञ्जय कु.मण्डल (जनकपुर), युषण श्रेष्ठ (काठमाडौँ), सेकेंद्र जैस्वाल (बारा), जगदीश महतो (सर्लाही), चन्द्र तामाङ (काठमाडौँ) सन्तोष यादव (सर्लाही), अमित यादव (रौतहट), राहुल कुशवाहा (बारा), दिव्या तिवारी (पर्सा), अनिल जैस्वाल (सर्लाही), आदेश यादव (रौतहट), र त्यस्तै मुरारी कुशवाह (बारा), आदि सहयोगमा यो रकम जुटाएका र पीडित पत्रकारलाई सहयोग गरेका छन् ई.सुरज राउत ले बताए।

ई. आर्यान सुरज राउत पहिला देखिनै अती बिपन अ-असहाय परिवारहरूलाई आफ्नो क्लब मार्फत सहयोग गर्दै आएका र सर्लाही जिल्लाको प्रमोद पटेलले आफ्नो जिल्लामा पीडित परिवारहरूलाई बेला बखत आर्थिक सहयोग गर्दै आएको कुरा ई आर्यान सुरज राउतले ताजा पत्र लाई जानकारी गराएका छन्।

पीडित पत्रकार राम पुकार राउतले यो विशेष आर्थिक सहयोग पाउँदा ई. आर्यान सुरज राउत प्रमोद पटेल लगायत अन्य समाज सेवी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गरेको कुरा ताज पात्रलाई जानकारी गराएका छन्। पीडित पत्रकार राम पुकार राउतले खुसी भई आर्यन सुरज राउत र प्रमोद पटेल लगायत उहाँ का सम्पूर्ण टीम लाई विशेष धन्यवाद दिएका छन्।

यसै क्रममा हामीले सुरज राउत सँग कुराकानी गर्दा वहाँ र वहाँको समाजसेवी साथीहरूले आगामी दिनमा पनि अ-सहाय गरिब दुःखित परिवारहरूलाई सहयोग गर्ने कुरा ताज पात्रलाई जानकारी गराए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्