८५ बर्षिया बज्यैकाे हत्यारा सार्वजनिक



बझाङ जिल्लाको दुर्गा थली गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष राम बहादुर जप्रेलका छोरा बर्ष २३ का सुवास जप्रेलले आफ्नै ८५ बर्षिया –बज्यै)हजुरआमाको घारिलो हसिया प्रयोग गरी हत्या गरेको छ । छोराहरू बस्ने घर भन्दा १०० मिटर टाढा हजुरआमा र नाति सँगै बस्दै आएका थिए ।

भदौ २७ गते देखि दुई तिन दिन सम्म बृद्ध आमालाई कहि पनि नदेख्दा खोज तलास गने क्रम्मा सोही घरको तेस्रो तलामा घटना घटाई लास तानेर अन् यन्त्र स्थानमा लगेको जस्तो र घर नजिकैको पूर्व गरामा खाडल बनाई पुरेको थियो ।

सो स्थानमा हेर्दा मृतक रिखी देवी जप्रेलको लास फेला परेको हुँदा वडाध्यक्ष राम बहादुर जप्रेले प्रहरीलाई खबर गरी नजिकैको शौचालयमा पुरुष व्यक्तिको कपडा रगत जस्तो रातो पदार्थ र माटो लागेको अवस्थामा भेटिएकाले उक्त कपडा कसको हो भनेर बुझ्दा प्रतिवादी सुवास जप्रेलको हो भन्ने बुझ्न आए पछि खोजतलास गर्दा दुर्गा थली गाउँपालिका वडा नम्बर ७ अन्तर्गत पर्ने लौवादेव डाँडामा भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दुर्गा थली र जिल्ला प्रहरी कार्यालय बझाङको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रूपक खड्काले बताए ।

उनले भने मृतक आमाका छोरा सोही वडाका वडाध्यक्ष राम बहादुर जप्रेलले ३० गते फोन मार्फत जानकारी दिए पछि प्रहरी टोली घटना स्थल गई भदौ ३१ गते अपराधीलाई पक्राउ गरेको बताए । पत्रकार सम्मेलन गरी अपराधीलाई सार्वजनिक गरेको छ । ८५ बर्षिया मृतक हजुर आमाको कानमा रहेको सुनको २ वटा मुन्द्रा र नाकमा लगाएको सुनकै मुन्द्री थान १ समेत सोही दिन साँझ बिक्री गरेको र लासलाई खाल्डामा पुरेको हुँ भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

सोही ब्यहोरा सँग मिल्ने गरी निज अपराधिका सहोदर काका देवराज जप्रेलले जाहेरी दरखास्त पेस गरेकाले कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डिएसपी रूपक खड्काले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्