सैघाली खबर,
चितवन,८ फागुन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकता ऐतिहासिक भएको बताउनु भएको छ ।
प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा चितवनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आम कार्यकर्ताको भावना अनुसार नै पार्टी एकता भएको र यो विश्वमा नै एतिहासिक भएको बताउनुभयो ।
उहाँले निर्वाचन आयोगमा वैधानिक रुपमा पार्टी दर्ता भएपछि एकताले सार्थकता पाउने पनि बताउनुभयो । पार्टी दर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओली र आफूले मिलेर पार्टीको अध्यक्षता गर्ने उहाँले बताउनुभयो ।
यस्तै उहाँले अबको एकदुई वर्षमा नै पार्टीको महाधिवेशन गर्ने र महाधिवेशनबाटै पार्टीको नेतृत्वको टुंगो लगाउने बताउनुभयो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।