अन्तर्राष्ट्रिय

चिनियाँ तीन अन्तरिक्षयात्री ९० दिनपछि सकुशल फिर्ता

By Thaha - Online

September 18, 2021

एजेन्सी। मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्ष यात्री पृथ्वी फर्किएका छन्। यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ। उनीहरू ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए।

टियाहे मोड्यूल नाम दिइएको सो केन्द्र चीन आफैँले बनाएको थियो। अन्तरिक्षयात्रीहरू न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शन्जो-१२ अन्तरिक्षयान चढेर शुक्रवार स्थानीय समयानुसार दिउँसो १ : ३५ बजे चीनको भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेका थिए।

यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास थप बढेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।