बर्दियामा छिमेकीले बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु



बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँमा शुक्रबार राति जंगली जनावरलाई थालेको विद्युत्तीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार, खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् ।

प्रहरीले विद्युतीय पासो थापेको अभियोगमा छिमेकी ८३ वर्षका राजबहादुर शाहीलाई नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय भुरिगाउँमा राखिएको एसपी कार्कीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्